सोमबार, २४ वैशाख २०८१

नियुक्त भएको दुई महिनामै कृषि विकास बैंकका अध्यक्ष दुवाडीले दिए राजिनामा

समयपोष्ट २०७९ फागुन ५ गते १३:३६

Advertisement

कृषि विकास बैंकका अध्यक्ष रमेश दुवाडीले राजिनामा दिएका छन्।

अध्यक्ष नियुक्त भएको दुई महिनामै दुवाडीले अध्यक्ष पदबाट राजिनामा दिएका हुन् ।

दुवाडीले बिहीबार अर्थ मन्त्रालयमा राजिनामा बुझाएका हुन् ।

दुवाडी २०७८ कात्तिक १२ गते अर्थमन्त्रालयको प्रतिनिधित्व गर्दै सञ्चालक समिति सदस्यमा नियुक्त भएका थिए ।

Advertisement

गत मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई अध्यक्षमा नियुक्ति गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री