आइतबार, ६ जेठ २०८१

राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिको म्याद थप

समयपोष्ट २०८१ वैशाख २४ गते १८:५७


सरकारले रक्षा मन्त्रालय मातहतको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार विकास समितिको म्याद एक वर्ष थप्ने निर्णय गरेको छ ।

Advertisement

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारको प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार विकास समिति रक्षामार्फत पूर्वाधारसम्बन्धी काम हुँदै आएको छ । यसअघि चार वर्षको लागि समय तोकिएको र सो समयावधि वैशाख २६ गते सकिने भएकाले आजको बैठकबाट एक वर्ष म्याद थपिएको शर्माले बताइन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री