सोमबार, १७ वैशाख २०८१

मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडको आइपिओ बाँडफाँट

समयपोष्ट २०७९ माघ २४ गते २०:४७

Advertisement

मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडको आइपिओ बाँडफाँट भएको छ ।

मंगलबार बिक्री प्रबन्धक सन्राइज क्यापिटल लिमिटेडको कार्यालयमा शेयर बाँडफाँट भएको हो ।

मोलुङ्ग गाँउपालिकाको वडा नं. १ देखि ८ सम्मका बासिन्दाहरुको लागि बाँडफाँट गर्दा कूल १,९२७ जना आवेदकहरुबाट ४,२२,४५० कित्ता शेयरको लागि रितपूर्वक आवेदन प्राप्त भएकोमा १० कित्ता देखि ८०० कित्ता माग गर्ने १,८०७ जना आवेदकहरुलाई माग बमोजिम र ९०० कित्ता देखि १,००० कित्ता माग गर्ने १२० जना आवेदकहरुलाई ८२० कित्ताका दरले शेयर शेयर बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ ।

क्यापिटलका अनुसार सुनकोशी गाउँपालिका वडा नं.१ देखि १० सम्मका बासिन्दाहरुको लागि बाँडफाँट गर्दा कूल १,५८१ जना आवेदकहरु मार्फत २,५२,८९० कित्ता शेयरको लागि रितपूर्वक आवेदन प्राप्त भएकोमा १० कित्ता देखि ३३० कित्ता माग गर्ने १,४०७ जना आवेदकहरुलाई माग बमोजिम, ३५० कित्ता देखि १,००० कित्ता सम्म माग गर्ने १७४ आवेदकहरुलाई ३३० कित्ता शेयर बाँडफाँट गरिएको छ ।

साथै बाँकी रहेको ८८५ कित्ता शेयर ३५० कित्ता देखि १,००० कित्ता सम्म माग गर्ने १७४ जना आवेदकहरुलाई गोलाप्रथाबाट थप १०÷१० कित्ताका दरले ८८ जना सफल आवेदकहरुलाई ८८० कित्तासाथै बाँकी बचेको ५ कित्ता शेयर पुन ३५० कित्ता देखि १,००० कित्ता सम्म माग गर्ने १७४ जना गोलाप्रथाबाट थप १ ÷१ कित्ताका दरले ५ जना सफल आवेदकहरुलाई बाँडफाँट गरिएको छ ।

सिद्दिचरण नगरपालिका वडा नं. १ देखि १२ सम्मका बासिन्दाहरुबाटको लागि बाँडफाँड गर्दा कूल २,११२ जना आवेदकहरु मार्फत २,९५,३७० कित्ता शेयरको लागि रितपूर्वक आवेदन प्राप्त भएकोमा १० कित्ता देखि १७० कित्ता माग गर्ने १,६५२ जना आवेदकहरुलाई माग बमोजिम, १८० कित्ता देखि १,००० कित्ता सम्म माग गर्ने ४६० जना आवेदकहरुलाई १८० कित्ता शेयर बाँडफाँट गरिएको छ ।

बाँकी रहेको ३,९२५ कित्ता शेयर १९० कित्ता देखि १,००० कित्ता सम्म माग गर्ने ४६० जना आवेदकहरुलाई गोलाप्रथाबार्ट १०÷१० कित्ताका दरले ३९२ जना सफल आवेदकहरुलाई ३,९२० कित्ता बिाँडफाँड गरियो । साथै बाँकी बचेको ५ कित्ता शेयर पुन १९० कित्ता देखि १,००० कित्ता सम्म माग गर्ने ४६० जना आवेदकहरुलाई गोलाप्रथाबाट१ ÷१ कित्ताका दरले ५ जना सफल आवेदकहरुलाई बाँडफाँट गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री