बिहीबार, ३ जेठ २०८१

बागमती प्रदेशसभा सचिवालयद्वारा वैशाख २१ गते सर्वदलीय बैठक आह्वान

समयपोष्ट २०८१ वैशाख १७ गते १७:५८

Advertisement

बागमती प्रदेशसभा सचिवालयले यही वैशाख २१ गते दिउँसो १ बजे सर्वदलीय बैठक आह्वान गरेको छ । बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले सर्वदलीय बैठकमा प्रदेशसभामा रहेको विभिन्न ५ वटा समितिको अध्यक्षको निर्वाचन र आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि बजेट छलफल गर्ने क्रममा अधिवेशन आह्वान विषयमा छलफल हुने जानकारी दिनुभयो ।

संसद्मा रहेका संसदीय दलका नेता र प्रमुख सचेतकहरुलाई उक्त बैठकमा सहभागी हुन आफूले सूचना प्रवाह गरिसकेको उहाँले बताउनुभएको छ । उहाँले संसदको आगामी अधिवेशनका विषयमा पनि उक्त सर्वदलीय बैठकमा छलफल हुने जानकारी दिनुभयो । प्रदेशसभाको गत चैत १९ गते बसेको बैठकले मुख्यमन्त्री शालिकराम जम्कट्टेलले तेस्रो पटक विश्वासको मत लिइसकेपछि यही वैशाख १२ प्रदेशसभाको चालु १३औँ अधिवेशन अन्त्य गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री