मंगलबार, ८ जेठ २०८१

एमजिको नयाँँ विद्युतीय गाडी एमजि जेडएस इभि २०२२ नेपाली बजारमा

समयपोष्ट २०७८ फागुन १५ गते १९:५३

Advertisement

नेपालमा एमजी (मोरिस ग्यारेज) मोटर्सको एक मात्र आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रा.लि.ले नक्साल शोरुममा आज एक औपचारिक पत्रकार सम्मेलन गरी आफ्नो नयाँँ विद्युतीय गाडी एमजि जेडएस् इभि २०२२ सार्वजनिक गरेको छ । उक्त कार्यक्रममा गाडीको मुल्य पनि सार्वजनिक गरिएको थियो ।

स्ट्यान्डर्ड रेन्ज र लङ्ग रेन्ज गरी दुई भेरियन्टमा आउने यो एमजि जेडएस् इभिमा दुईवटा ब्याट्री प्याकको विकल्पहरू पाउन सकिन्छ । एउटा ५१.५८ पध्ज हाइ–टेक ब्याट्री भएको जसको रेन्ज ३१९किमी८छ र अर्को ७२.६पध्ज ब्याट्री भएको जसको रेन्ज ४४०किमी८छ । यसको ग्राउन्ड क्लियरेन्स १७५ मिमी छ ।

एमजि जेडएस इभि २०२२ को इन्टेरियर र एक्स्टेरियरमा नयाँँ डेकोरेसन र अपडेटहरु गरिएको छ । यसको इन्टेरियरमा १०.१ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली र ७ इन्चको डिजिटल ड्राइभर डिस्प्ले रहेको छ । साथै रोटरी डायल गियर नब, ड्राइभिङ मोड र ब्रेकिङ रिजेनेरेसन छ । यसमा हेडल्याम्प, इन्टिग्रेटेड एलईडी डीआरएल, एलईडी टेल ल्याम्पहरू छन् ।

एमजि पाइलट नाम दिइएको अटोम्याटिक इमर्जेन्सी ब्रेकिङ सहितको एड्भान्स्ड ड्राइभर अस्सिस्ट्यान्स सिस्टम भएकोले यो गाडी एकदमै सुरक्षित मानिएको छ । एमजि जेडएस इभि २०२२मा १३० एच्पिको पावर र २८० एनएम टर्क भएको पर्मानेन्ट म्याग्नेट सिन्क्रोनस मोटर रहेको छ । यो ८.५ सेकेन्डमा १०० किलोमिटर प्रति घण्टाको दरमा गूड््न सक्छ । एमजिको सिग्नेचर ग्लोबल डिजाइन भएको यो एलेक्ट्रोनिक गाडीमा पानोरमिक सनरुफ , १७ इन्चको डायमन्ड् कट एलोय व्हील्स र २.५ को पिएम फिल्टर लगायत अन्य धेरै सुविधाहरु रहेका कमपनीले जनाएको छ ।

Advertisement

बैठकमा एमसिसीमाथि सैद्धान्तिक छलफल भएको थियो। सम्झौताको सैद्धान्तिक पक्षमा रहेर सांसद्हरूले धारणा राखेका थिए।

छलफलमा सबैजसो पार्टीका सांसद्हरूले भाग लिएका थिए। सदन अवरोध गरिरहेको नेकपा एमालेका सांसद् भीम रावलले समेत आफ्नो धारणा राखेका थिए। एमजि जेडएस् इभि २०२२मा पावर्ड ड्राइभर सिट, अटोमेटिक हेडलाइट र वाइपर, कनेक्टेड कार टेक्नोलोजी, ६ वटा एयरब्याग, हिल स्टार्ट, डिसेन्ट कन्ट्रोल अल–ह्वील डिस्क ब्रेक, टायर प्रेसर मोनिटरिङ सिस्टम र इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल छन् । यसको चार्जिङ पोर्ट ःन् ब्याजको छेउमा राखिएको छ । साथै यसमा मोबाइल वायरलेस चार्जिङ, ब्लाइन्ड स्पट मोनिटरिङ्ग, अडप्टिभ क्रुज कन्ट्रोल, लेन किप असिस्ट र ३६० डिग्री क्यामरा पनि रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री