
अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) आज संसदमा टेबल हुँदैछ ।
संसदको बिहीबार बस्ने बैठकमा अर्थमन्त्री शर्माले एमसिसी छलफलका लागि पेश गर्ने कार्यसुची छ । तर अर्थमन्त्री शर्मा भने यति बेला पत्नीसहित पर्वत पुगेका छन् ।
बुधबार साँझ नै पर्वत पुगेका शर्माले आज बिहान बागलुङको निर्माणाधीन बलेवा विमानस्थल, गुप्तेश्वर गुफा अवलोकन गरेका छन् ।
शर्मा दम्पत्तिले कुश्मामा सञ्चालित बन्जी जम्प हेरेर ‘स्काई चियर’को मज्जा समेत लिएका छन् ।
८ फागुनमा पनि अर्थमन्त्री शर्माले एमसीसी संसदमा पेस गर्ने कार्यसूची थियो । तर उनी बिरामी भएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पेस गरेका थिए । आज पनि उनी संसदमा गयल हुँने भएका छन् ।










प्रतिक्रिया