शुक्रबार, ४ जेठ २०८१

एलआइसी नेपालको साधारणसभा सम्पन्न, लाभांश पारित

समयपोष्ट २०७८ फागुन १२ गते १०:५५

Advertisement

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले लाभांश पारित गरेको छ ।

कम्पनीको १९ औ वार्षिक साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरेको २० प्रतिशत बोनस शेयर र १.०५२६ प्रतिशत नगद लाभांश पारित गरेको हो ।

भर्चुअल माध्यमबाट बुधबार सम्पन्न साधारणसभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष एमआर कुमारले अघिल्लो आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन पेश गरेका थिए । सभाले अध्यक्ष कुमारद्धारा प्रस्तुत वार्षिक प्रतिवेदन पारित गर्नुका साथै लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७६/७७ को वासलात, आय व्यय र सोही अवधिको नगद प्रवाह लगायतका विवरणमाथि छलफल गरी पारित गरेको छ ।

सभाले लेखापरीक्षण समितिको प्रस्तावित आर्थिक वर्ष २०७७/ ७८ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने र नीजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ । आज पारित भएको लाभांश गत माघ २३ गतेसम्म कायम शेयरधनीहरुले प्राप्त गरेका छन् ।

Advertisement

सभाले संस्थापक शेयरधनीको आफ्नो स्वामित्वमा रहेको कुल १० प्रतिशत संस्थापक शेयरलाई सर्वसाधारण शेयरमा परिवर्तन गर्ने र सोही अनुसार प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, बोनश शेयर पछि कायम हुने पूँजी बृद्धिका सम्बन्धमा प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पारित गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री