
अशोक खनाल
जिल्ला स्तरिय नागरिक आरोग्य समिति अर्घाखाँचीको गठन भएको छ । मंगलबार जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख पिताम्वर शर्माको संयोजकत्वमा शिक्षा तथा स्वास्थ्य कार्यालयका प्रमुखहरु सदस्य रहने गरि जिल्ला स्तरिय नागरिक आरोग्य समिति गठन गरिएको हो ।
मेरो स्वास्थ्य मेरो जिम्मेवारी भन्ने नारालाई सार्थक पारी आम नागरिकलाइ शारिरिक, मानसिक, सामाजिक तथा आध्यात्मिक रुपमा स्वस्थ्य एवं सबल बनाइ विश्वब्यापि रुपमा फैलदै गएको नसर्ने रोगको प्रकोपलाई न्यूनीकरण गर्न स्थानिय परिवेश र आवश्यकता अनुसार उपलब्ध साधन स्रोतहरुलाई परिचालन गरी स्वास्थ्य सेवाका हरेक तहमा नागरिकहरुको सशक्त सहभागिता मार्फत आयुर्वेद, योग, जिवनशैली तथा जडिबुटिको माध्यमबाट शारीरीक तथा मानसिक रुपमा स्वस्थ शरीर, सकारात्मक सोंच र ब्यक्तित्व विकास गरी स्वस्थ समाज निर्माण गर्ने उदेश्यका साथ उक्त समितीको गठन गरिएको हो ।
कार्यक्रम आयुर्वेद स्वास्थ्य केन्द्रका कार्यालय प्रमुख डा.अर्चना शुक्लाको अध्यक्षता जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख पिताम्वर शर्माको प्रमुख आथित्यता, जि.स.स सदस्य झमनकुमारी श्रेष्ठ तथा शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख मनिराम पराजुली एवं स्वास्थ्य कार्यालयका राधाराम आचार्य तथा निमित्त जिल्ला समन्वय अधिकारी श्रृजना भुसाल लगायतको उपस्थिति तथा कविराज निरीक्षक कमल प्रसाद आचार्यको सञ्चालनमा कार्यक्रम सञ्चालन भएको थियो ।
नागरिकहरुको सशक्त सहभागिता मार्फत आयुर्वेद, योग, जिवनशैली तथा जडिबुटिको माध्यमबाट शारिरिक तथा मानसिक रुपमा कसरी नागरिकहरुलाई स्वस्थ्य राख्न सकिन्छ भन्ने कुरा अभियानको रुपमा अर्घाखाँची जिल्लामा रहेका सम्पूर्ण स्थानिय तहहरुमा सञ्चालन गर्ने निर्णय गरिएको कार्यालयका सूचना अधिकारी पशुपति पन्थीले जानकारी दिए ।










प्रतिक्रिया