आइतबार, ६ जेठ २०८१

पाँच जीवन बीमा कम्पनीले तीन अर्ब १५ करोडको आईपीओ जारी गर्ने

समयपोष्ट २०७८ फागुन १० गते ९:५०

Advertisement

पाँच जीवन बिमा कम्पनीहरुले सर्वसाधारणको लागि साधारण सेयर जारी गर्ने भएका छन् ।

जीवन बीमा कम्पनीहरु रिलायवल नेपाल, सिटिजन लाइफ, सन नेपाल लाइफ, आइएमई लाइफ र महालक्ष्मी लाइफले साधारण सेयर जारी गर्ने भएका हुन् । यी जीवन बिमा कम्पनीहरुले ३ अर्ब १५ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने तयारी थालेका छन्।

नयाँ जीबन बीमा कम्पनीहरुमध्ये सबैभन्दा धेरै एक अर्ब ७५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको सिटिजन लाइफ इन्स्योरेन्सले ७५ करोड रुपैयाँको आईपीओ निष्काशन गर्नेछ। आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी नयाँ बीमा कम्पनीमध्येकै धेरै दुई अर्ब ५० करोड रुपैयाँ पुग्नेछ।

रिलायबल लाइफ, सन नेपाल लाइफ, आइएमई लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स गरि चारवटै कम्पनीले ६० करोड रुपैयाँका दरले २ अर्ब ४० करोड रुपैयाँको आईपीओ निष्काशन गरेर बीमा समितिले तोकेको न्यूनतम चुक्ता पूँजी दुई अर्ब रुपैयाँ कायम गर्नेछ।

Advertisement

आइएमई लाइफ इन्स्योरेन्सले जारी पूँजी २ अर्ब रुपैयाँको ३० प्रतिशत अर्थात ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ।

हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको छ भने आईपीओ निष्काशन पछि चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ।

कम्पनीले निष्काशन गर्न लागेको आईपीओलाई रेटिङ्ग एजेन्सी केयर नेपालले ‘केयरएनपी ट्रिपल बि’ रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनी समयमा नै वित्तीय दायित्व पुरा गर्न मध्यम स्तरको सुरक्षित रहेको जनाउँछ।

कम्पनी शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल रहेको छ।

महालक्ष्मी लाइफ इन्स्योरेन्सले पनि जारी पूँजीको ३० प्रतिशत अर्थात ६० करोड रुपैयाँ बराबरको ६० कित्ता शेयर निष्काशन गर्नेछ। कम्पनीले आईपीओ निष्काशन गर्ने प्रस्ताव तेस्रो वार्षिक साधारण सभाले पारित गरिसकेको छ।

महालक्ष्मीकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेकाे छ।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ६० करोड रुपैयाँ रहेको छ। आईपीओ निष्काशन गरेपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ।
रिलायवल लाइफ र सन नेपाल लाइफले प्रिमियममा आईपीओ निष्काशन गर्ने भएका छन्। दुबै कम्पनीले प्रिमियममा आईपीओ निष्काशन गर्न बीमा समितिबाट अनुमति समेत पाइसकेका छन्।

रिलायवल लाइफ इन्स्योरेन्सले भने आईपीओ निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड पुगिसकेको छ। कम्पनीले प्रिमियम सहित प्रति कित्ता २१२ रुपैयाँका दरले ६० लाख कित्ता शेयर निष्काशनको अनुमति माग्दै बोर्डमा आवेदन दिएको छ। यद्यपी कम्पनीले आईपीओ निष्काशनको अनुमति भने पाएको छैन्।

यस्तै सन नेपाल लाइफलाई पनि प्रिमियममा आईपीओ निष्काशन बीमा समितिले अनुमति दिएको छ। तर कति मूल्यमा शेयर निष्काशन गर्ने भन्ने विषयमा निर्णय भएको छैन।

सन नेपाल लाइफले आईपीओको रेटिङ्ग समेत गराइसकेको छ। सन नेपाल लाइफको आईपीओलाई केयर रेटिङ्ग नेपालले ग्रेड ४ दिएको छ। जसले औसत भन्दा कमजोर वित्तीय अवस्था रहेका कम्पनी भन्ने जनाँउछ।

सन नेपाल लाइफले गत फागुन ४ गतेको साधारण सभाबाट आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो। सिटिजन लाइफ इन्स्योरेन्सले पनि प्रिमियमा आईपीओ निष्काशनको तयारी गरिरहेको छ।

सिटिजन लाइफको हाल चुक्ता पूँजी एक अर्ब ७५ करोड रुपैयाँ रहेको छ। कम्पनीले जारी पूँजी २ अर्ब ५० करोड रुपैयाँको ३० प्रतिशत अर्थात ७५ करोड रुपैयाँको आईपीओ निष्काशन गर्नेछ। आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी नयाँ बीमा कम्पनीमध्येकै सबैभन्दा धेरै दुई अर्ब ५० करोड रुपैयाँ पुग्नेछ।

सिटिजनको आईपीओलाई इक्रा नेपालले इक्राएनपी–आईआर बीबीबी (त्रिपल बी) रेटिङ्ग प्रदान गरेको छ। त्यसले कम्पनीको वित्तीय अवस्था मध्यम रहेको जनाउछ। यस्तै, कम्पनीले समयमै वित्तिय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम सुरक्षित रहेको र मध्यम क्रेडिट जोखिम रहेको बुझाउछ।

कम्पनीले शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटललाई नियुक्त गरिसकेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री