सत्ता गठबन्धनको निर्णायक बैठक बालुवाटारमा सुरु

सत्तागठबन्धनको निर्णायक बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।

Advertisement

बिहीबार साँझको बैठकमा एमसीसी बारे सहमति नजुटेपछि बैठक आजको लागि डाकिएको हो ।

सत्तागठबन्धनको बैठकअघि गठबन्धनमा आवद्ध एमसीसीविरोधी शीर्ष नेताको बैठक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बसेको थियो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास खुमलटारमा माओवादीका नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र जसपाका अध्यक्ष उपेन्द्र यादव सहभागी थिए ।

बैठकले एमसीसीमा आफ्नो अडान कायम नै राख्ने निर्णय भएको थियो । माओवादी केन्द्रले यथास्थितिमा एमसीसी अनुमोदन भए सरकारबाटै बाहिरिने निर्णय गरिसकेको छ । नेकपा एस र जसपा पनि यथास्थितिमा एमसीसी पारित गर्न नहुने अडानमा छ । आजको बैठकमा पनि सहमति जुट्ने सम्भावना न्यून छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री