मंगलबार, १८ वैशाख २०८१

“फ्री स्याङयोङ्ग सर्भिस क्याम्प” सुरु

समयपोष्ट २०७८ फागुन ३ गते २१:०७

Advertisement

नेपालको लागि स्याङयोङ्ग मोटर्सको आधिकारीक बिक्रेता एवम् आइएमएस ग्रुप अन्तर्गतको, आइएमएस मोटर्सले “फ्री स्याङयोङ्ग सर्भिस क्याम्प” को आयोजना गरेको छ । आइ एम एस मोटर्सले कार्यक्रमको अवधिभर विभिन्न सेवा सुविधाहरु प्रदान गरिरहेको छ ।

जसमा बम्पर उपहार (१००% सम्म नगद फिर्ता, स्याङयोङ्ग गाडीहरुमा निःशुल्क स्वास्थ्य परिक्षण, किफायती भागहरुमा ५०% सम्मको छुट, निःशुल्क सर्भिसिङ्ग तथा फ्री वास, ग्राहकहरुका लागि आकर्षक उपहारहरु, आकर्षक सट्टापट्टा प्रस्तावहरु, उत्कृष्ट/तुरुन्त मुल्यांकन जस्ता सेवा सुविधाहरु प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

शिविर स्याङयोङ्गका ग्राहकहरुका लागि विशेष रुपमा नेपालभरिका ४ विभिन्न आधिकारिक सेवा केन्द्रहरु सञ्चालन भइरहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार खुसिबु नयाँ बजार, काठमाडौं स्थित मोटो इन्जिनियरिङ्ग प्रा. लि. रविभवन, लामपाटे – १४, काठमाडौं स्थित परिदी मोटर्स प्रा. लि., बेलवास – १२, बुटवल स्थित भैरव अटो भिलेज प्रा. लि., मायादेवी – ८, भैरवहा स्थित एए अटोमोबाइलस् प्रा. लि.मा यस “फ्री स्याङयोङ्ग सर्भिस क्याम्प” सञ्चालन भइरहेको छ ।

अफर २०७८ साल फाल्गुन ३ गते देखि १७ गते सम्ममात्र हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री