
भोलि प्रतिनिधिसभाको बैठक डाकिएको छ ।
बुधबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूचीमा बहुचर्चित र विवादित अमेरिकी सहायता परियोजना (एमसीसी) राखिएको छैन ।
प्रधानमन्त्री शेर बहादुर देउवाले भोलि बस्ने प्रतिनिधिसभाको बैठकमा एमसीसी टेबुल गर्ने बताएका थिए । मंगलबारको काँग्रेस संसदिय दलको बैठकले एमसीसी टेबल गराउने र सो सम्झौताको पक्षमा मतदान गर्ने निर्णय गरेको थियो । तर संघीय संसद सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीमा भने एमसीसी राखिएको छैन ।










प्रतिक्रिया