
हायात होटेलबाट प्रतिबन्धित पदार्थ युरेनियमको कारोबार गरेको आशंकामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।
महानगरीय प्रहरी वृत बौद्धको टोलीले सोमबार राति गोपीलाल दास, रामकृष्ण लामिछाने, नवराज महत, नारायण यादव, सुरेन्द्रप्रसाद चौधरी र रामकृष्ण लामिछानेलाई पक्राउ गरेको हो।
प्रहरीले तीन केजी बराबरको युरेनियमसमेत बरामद गरिएको जनाएको छ । प्रहरीले बरामद गरेको पदार्थ युरेनियम हो वा होइन भन्ने परीक्षणका लागि पठाएको छ ।









प्रतिक्रिया