मंगलबार, २५ वैशाख २०८१

११.९६ अंकले घट्यो नेप्से

समयपोष्ट २०७८ माघ २७ गते १५:२१

Advertisement

नेप्से परिसुचक ११.९६ अंकले घटेर २८०१.५६ विन्दुमा झरेको छ ।

आज २ सय २७ कम्पनीका ६९ लाख ५० हजार कित्ता सेयर तीन अर्ब ८२ करोड ९५ लाख रुपैयाँ बराबरमा किनबेच भएको छ ।

नेप्से परिसूचक दोहोरो अंकले घटे पनि आज तीन समूहको सूचक बढेको छ । व्यापार समूहमा ४६ अंकको सुधार आउँदा अन्य समूह १२ अंकले र म्युचुअल फण्ड समूहमा सामान्य सुधार आएको छ । यसबाहेक, अन्य सबै समूहमा गिरावट आएको छ ।

निर्जीवन बीमा कम्पनी समूह सबैभन्दा धेरै ८१ अंकले घटेको छ भने लघुवित्त समूहमा ३७ अंकको गिरावट आएको छ । यस्तै, विकास बैंक समूह २८ अंकले र जलविद्युत समूह २७ अंकले घटेको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री