आइतबार, ६ जेठ २०८१

दोहोरो अंकले घट्यो सेयर बजार

समयपोष्ट २०७८ माघ २५ गते १५:४९

Advertisement

सेयर बजार दोहोरो अंकले घटेको छ ।

मंगलबार नेप्से परिसुचक १६.३० अंकले घट्दै २८ सय ३५.५८ विन्दुमा झरेको छ । यस दिन ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत २.८२ अंकले घट्दै ५३२.४९ अंकमा सीमित भएको छ । यस दिन ट्रेडिङ, होटल तथा पर्यटन, निर्जीवन बीमा, म्यानु एण्ड प्रो र म्युचुअल फन्ड उपसमूह धनात्मक भएका छन् भने, बाँकी अन्य उपसमूह ऋणात्मक भएका छन् ।

१६ अंक माथिले घटेको बजारमा आज ६ अर्ब २८ करोड ७२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । जबकि अघिल्लो दिन १५ अंकले घटेको बजारमा ५ अर्ब २ करोड २० लाख रुपैयाँको कारोबार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री