शुक्रबार, ७ वैशाख २०८१

‘श्री ५ भण्डारी सरकार’ को नामबाट फेसबुक दुरुपयोग गर्ने पक्राउ

समयपोष्ट २०७४ फागुन १६ गते १४:२३

सामाजिक सञ्जाल फेसबुकमार्फत बिना प्रसंग शान्ति सुरक्षामा खलल पुग्ने र व्यक्तिको चरित्र हत्या हुने गरी गलत कुरा सम्प्रेसण गर्ने एक युवालाई दाङ प्रहरीले आज पक्राउ गरेको छ ।

Advertisement

श्री ५ भण्डारी सरकारको नामबाट फेसबुक खोली विभिन्न व्यक्तिको चरित्र हत्या हुने गरी गलत स्टाटस लेखेको भन्दै तुलसीपुर उपमहानगरपालिका– १ का आकाश भण्डारीलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले पक्राउ गरेको हो ।

तुलसीपुरमा सामाजिक सञ्जालमार्फत गलत कुरा प्रवाह गरेको अभियोगमा युवकलाई पक्राउ गरिएको यो पहिलो घटना भएको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री