बुधबार, १२ वैशाख २०८१

होलीमा अभद्र व्यवहार गर्नेमाथि यस्तो कडा कारबाही

समयपोष्ट २०७४ फागुन १५ गते ११:३०

महानगरीय प्रहरी परिसर भक्तपुरले होलीका बेला कुनै पनि आपराधिक एवं अवाञ्छित गतिविधि गर्नेमाथि कडा कारबाही गर्ने भएको छ ।

Advertisement

परिसरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसार्इंले फागु पूर्णिमा (होली पर्व)का बेला जिल्लामा कुनै पनि किसिमको आपराधिक एवं अवाञ्छित गतविधि गरे सार्वजनिक अपराध ऐनअन्तर्गत कडा कारबाही गर्ने बताउनुभयो ।

फागु पूर्णिमाका लागि सुरक्षा व्यवस्था कडा पारिएको बताउँदै उहाँले सुरक्षा योजना तयार गरी थप पिकेट, तलाशी, गस्ती, मोबाइल गस्तीका लागि स्ट्राइकिङ, रिजर्भ, सादा पोशाकका प्रहरी, पर्यटक प्रहरी र ट्राफिक प्रहरीलाई व्यापक रुपमा परिचालन गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार फागुका लागि पर्चा वितरण, सार्वजनिक स्थानमा माइकिङलगायतका चेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरिएको छ । पर्वको बेला कोहीमाथि कसैले अभद्र व्यवहार गरेमा कानून बमोजिम कडा कारबाही गरिनेतर्फ प्रहरीले सचेत गराएको छ । इच्छा विपरीत कसैमाथि रंग, लोला र पानी नहान्न प्रहरीले अनुरोध गरेको छ । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री