शुक्रबार, ७ वैशाख २०८१

नयाँ मन्त्रीहरुलाई शेयर बजारले गर्यो स्वागत, नेप्से सूचक ५.८६ अंकले बढ्यो

समयपोष्ट २०७४ फागुन १५ गते १०:१६

निरन्तर ६ दिनसम्म घटेको शेयर बजार मंगलबार नेप्से सूचक ५.८६ अंकले बढेर १३६४.८१ अंक पुगेको छ। नेप्सेसँगै सेन्सेटिभ इन्डेक्स १.५१ अंकले बढेर २८९.१६ अंकमा उक्लिएको छ।

Advertisement

मंगलबार १५३ कम्पनीका ११ लाख ५१ हजार कित्ता शेयर ५५ करोड ६८ लाख रुपैयाँमा खरिद बिक्री भयो। यस दिन सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ६ करोड ७१ लाख रुपैयाँको शेयर किनबेच भयो। यो कम्पनीले सोमबार ७० प्रतिशत लाभांश घोषणा गरेको थियो।

मंगलबार बैंक ५.८६, होटल ३१.२६, फाइनान्स ३.०३, अन्य ११.९ र लघुवित्त ०.९८ अंकले बढेका छन्। विकास बैंक ०.३७, जलविद्युत १.१६, बीमा २.६२, उत्पादनमूलक १०.४१ अंकले घटेका छन्। सबैभन्दा धेरै गोर्खाज् फाइनान्सका शेयरधनीले ६ प्रतिशत कमाएका छन् भने सबैभन्दा धेरै कञ्चन डेभलपमेन्ट बैंकका शेयरधनीले ९.०९ प्रतिशत गुमाएका छन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री