शुक्रबार, १४ वैशाख २०८१

डा. युवराज खतिवडा अर्थमन्त्री !

समयपोष्ट २०७४ फागुन १४ गते १०:०४

नेकपा एमालेबाट डा. युवराज खतिवडा अर्थमन्त्री बन्ने निश्चित भएको छ ।

Advertisement

अर्थमन्त्रीको चर्चामा आएका एमाले महासचिव ईश्वर पोखरेल पछि हटेपछि खतिवडालाई अर्थमन्त्री बनाउन लागिएको हो ।

सरकारको सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्यमा मनोनित भएका खतिवडाको सांसद पदको सपथग्रहणमा भने सर्वोच्च अदालतले रोक लगाइसकेको छ । मुद्दाको अन्तिम टुंगो नलागेसम्म खतिवडा सांसदको हैसियतमा रहने छैनन् ।

यद्यपि उनलाई मन्त्री बन्न भने संविधानले रोकावट गर्दैन । मन्त्री बनेको ६ महिनाभित्र संघीय संसदको सदस्य भइसक्नुपर्छ ।

एमाले श्रोतका अनुसार आज महासचिव ईश्वर पोखरेल र डा. युवराज खतिवडाले सपथग्रहण गर्ने भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री