मंगलबार, ३ असार २०८२

इन्भेष्टमेन्ट बैंकको ३३ औं बर्षमा, यस्तो छ बैकको प्रगति

समयपोष्ट २०७४ फागुन १४ गते ४:२३

नेपाल इन्भेष्टमेण्ट बैंक स्थापनाको ३२औं बर्ष पूरा गरेको छ। सुरुवातमा संयुक्त विदेशी लगानीमा खुलेको बैंकमा अहिले नेपालीहरु मात्र छन्। यस अवधिमा बैंकले ६३ शाखा खोलिसकेको छ।

Advertisement

५ लाख ५० हजारभन्दा बढी भिसा डेबिट कार्ड प्रयोगकर्ता रहेको बैंकका ६३ वटा शाखारहित बैंकिङ सुविधा छन् । ३०० बढी भिसा तथा एनपिएन सदस्य छन्। बैंकले गत बर्ष तीन अर्ब ११ करोड खुद नाफा गरेको थियो। बैंकको चुक्ता पूँजी १०अर्ब ६२ करोड छ। बैंकको शेयरधनी कोष १८ अर्ब ७० करोड रुपैयाँभन्दा बढी छ।

बैंकसँग १ सय ३० अर्ब निक्षेप छ भने १ सय १४ अर्ब कर्जा लगानी गरेको छ। गत पुससम्म बैंकले एक अर्ब ८३ करोड खुदनाफा गरेको छ। पूँजी पर्याप्तता अनुपात १३.०७ प्रतिशत छ। बैंकको खराव कर्जा १.१२ प्रतिशत छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री