शनिबार, १५ वैशाख २०८१

माछापुच्छ्रे बैँकबाट डेढ करोड कर्जा लिई ठगी गर्ने पक्राउ

समयपोष्ट २०७४ फागुन ९ गते १४:४९

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बैकिङ कसुरका एक अभियुक्तलाई मंगलबार पक्राउ गरेको छ ।

ब्यूरोले आफ्नो हकभोग नभएको जग्गालाई नक्कली कागजात बनाएर आफ्नो हो भनी माछापुच्छ्रे बैँक, पुतलीसडक शाखाबाट रु एक करोड ४२ लाख कर्जा लिएका कामपा–३०, धोविधाराका अशोकहर्ष बज्राचार्यलाई मंगलबार पक्राउ गरेको हो ।

Advertisement

ब्यूरोका प्रहरी नायब उपरीक्षक श्याम ओलियाले बैंकिङ कसुर मुद्दाको अनुसन्धानको सिलसिलामा उच्च अदालत पाटनबाट सात दिनको म्याद थप भई बैकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम आजदेखि अनुसन्धान भइरहेको जानकारी दिए । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री