बिहीबार, १३ वैशाख २०८१

देउवा महासमिति बैठक नबोलाउन षडयन्त्र गर्दैछन् : कोइराला

समयपोष्ट २०७४ फागुन ८ गते ६:३२

काँग्रेस नेता डा.शेखर कोइरालाले सभापति शेरबहादुर देउवाको अभिव्यक्तिका कारण पार्टी कार्यकर्ताको मनोबल कमजोर भएको बताएका छन् ।

Advertisement

प्रजातन्त्र सेनानी संघ चितवनले नारायणगढमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता कोइरालाले अहिलेको विधानबाट पार्टी चल्न नसक्ने पनि बताए ।

कोइरालाले भने,  “सभापतिज्यूले पार्टी हारेको होइन, व्यक्ति हारेको हो भन्न सुहाउँछ ?,यस्तो अभिव्यक्तिले कार्यकर्ताको मनोवल कसरी बलियो हुन्छ ? बरु कमजोर हुन्छ ।’

कोइरालाले अहिलेको बिधानबाट पार्टी चल्न नसक्ने भन्दै जतिसक्दो चाँडो महासमिति बैठक बोलाउन माग गरे । उनले अब काँग्रेसलाई संघीय संरचनामा लैजाने बेला आएको बताए ।

उनले पार्टी नेतृत्वले महासमिति बैठक नबोलाउन षडयन्त्र गरेको पनि आरोप लगाए ।

नेता कोइरालाले वीपीले अगाडि सारेको राष्ट्रियता समाजवादको पुर्नपरिभाषा गर्नुपर्ने बेला आएको पनि बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री