शनिबार, ११ मंसिर २०७८

‘सुनकेसरी’ टीजर : हेर्नुहोस् ऋचाको हरर रुप

समयपोष्ट २०७४ फागुन ५ गते ८:२५

‘आधा लभ’ मार्फत फिल्म निर्माणमा पनि हात हालेकी नायिका ऋचा शर्मा निर्मित तथा अभिनित फिल्म ‘सुनकेसरी’ को टीजर सार्वजनिक भएको छ ।

Advertisement

टीजर निकै डरलाग्दो बनाइएको छ । नायिका ऋचाको रुपले त अझ सबैलाई चकित बनाउँछ । ‘सुनकेसरी’ हरर फिल्म हो ।

ऋचाले अष्ट्रेलियामा बस्दै आएका भीम न्यौपानेसँगको सहकार्यमा यो फिल्म निर्माण गरेकी हुन् । फिल्मका निर्देशक अर्पण थापा हुन् । ऋचा शर्मा, भीम न्यौपाने, रबिन्द्र झा लगायतका कलाकारहरुको फिल्ममा अभिनय छ ।
यो फिल्ममा अष्ट्रेलियन दरबार बुटिक होटलका पहिलो पाहुना र भुतप्रेतबीचको गतिविधीलाई मुख्य कथा बनाइएको हो । सम्पूर्ण छायांकन अष्ट्रेलियामा भएको यो फिल्मको बजेट २ करोड बताइएको छ ।
फिल्ममा शर्मिला सापकोटा र धर्मराज अधिकारी सह-निर्माताको रुपमा छन् भने कार्यकारी निर्माताको रुपमा मनोज अधिकारी र अर्पण थापा छन् ।
जेठ ११ गते प्रदर्शन हुने फिल्ममा कालीप्रसाद बाँस्कोटा र विजय अधिकारीको संगीत, रह शर्माको छायांकन र इयान स्कट क्लेमेन्टको सम्पादन रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री