शनिबार, ८ वैशाख २०८१

भारतीय राजदुत बालकोट पुग्ने बित्तिक्कै ओलीलाई मोदी र स्वराज टेलिफोन कल, मध्यरातमा यस्तो भयो कुराकानी

समयपोष्ट २०७४ फागुन ४ गते ४:४४

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री सुश्मा स्वराजले बधाई तथा शुभकामना दिएका छन् ।

Advertisement

मोदीले फागुन ३ गते राति साढे १० बजे टेलिफोन गरेर प्रधानमन्त्री ओलीलाई सफल कार्यकालको शुभकामना दिएका हुन् । टेलिफोन संवादमा मोदीले आफू नेपालको समग्र आर्थिक विकासको पक्षमा रहेको बताउँदै भने, “तपाईको कार्यकालमा नेपालमा आर्थिक प्रगति र उन्नति होस्, त्यसको लागि भारत जस्तोसुकै सहयोग गर्न तयार छ । र तपाईसँग मिलेर सहकार्य गरेर नेपालमा विकासको क्षेत्रमा विशेष सहयोग गर्न तयार छु ।”

प्रतिउत्तरमा ओलीले आफ्नो दुईवटा एजेण्डा रहेको बताउँदै नेपालको विकास र समृद्धिलाई अघि बढाउँदै नेपाल भारतबिचको मैत्रीपूर्ण सम्बन्धलाई प्रगाढ र सुमधुर बनाउने रहेको बताए ।

ओलीले भने, “नेपालको आर्थिक विकासमा भारतको विगतदेखि नै सहयोग रहँदै आएको छ । अब सहयोग अझै बढ्ने विश्वास मैले लिएको छु ।”
टेलिफोन सम्वादमा मोदीले प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्ता दिदै स्वागत गर्न प्रतिक्षारत रहेको बताएका छन् ।

त्यसैगरी ओलीले पनि मोदीलाई नेपाल भ्रमणका लागि निम्तो दिएका छन् । ओलीले जनकपुर र मुक्तिनाथ भ्रमणका लागि आउन निम्तो दिएका हुन् ।

दुवै प्रधानमन्त्रीले भ्रमणको निम्तोलाई स्विकार गर्दै उचित समयमा भ्रमणमा आउने बचनवद्धता व्यक्त गरेका थिए ।
दुई देशबिचको सम्बन्धलाई प्रगाढ र सुमधुर बनाएर लैजान आफू प्रतिबद्ध रहेको ओलीले मोदीलाई बताएका थिए ।

नेपालको आर्थिक विकासमा भारतले जस्तोसुकै सहयोग गर्ने प्रतिवद्धता मोदीले टेलिफोन वार्तामा ओलीलाई व्यक्त गरे ।
ओली र मोदीबिचको टेलिफोन वार्ता अत्यन्तै सकारात्मक र सौहार्दतापूर्ण भएको पुरीले जानकारी दिए ।
बिहीबार साँझ नै मोदीको शुभकामना पत्र लिएर पुरी बालकोट पुगेका थिए । त्यसैबिच मोदी र स्वराजले ओलीलाई टेलिफोन गरेका थिए । स्वराजले पनि ओलीलाई बधाई दिदै ओलीको कार्यकालमा दुई देशबिचको सम्बन्ध प्रगाढ र सुमधुर बन्ने विश्वास व्यक्त गरेकी थिइन् ।

स्वराजले भनिन्,” तपाईको कुशल नेतृत्वमा अब नेपालले आर्थिकसमृद्धि हासिल गर्नेछ । त्यसमा भारतको सक्दो सहयोग रहनेछ ।”

हिजो राति प्रधानमन्त्री मोदीको शुभकामना लिएर बालकोट पुगेका राजदुत पुरीको प्रधानमन्त्री ओलीले प्रंशसा गरेका थिए ।

नेपाल भारतबिचको सम्बन्ध प्रगाढ र सुमधुर बनाउन राजदुत मञ्जित सिंह पुरीको महत्वपूर्ण भूमिका रहेको छ । म यसको मुक्तकण्ठले प्रशंसा गर्न चाहन्छु । ओलीले पुरीलाई भने ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री