मंगलबार, ११ वैशाख २०८१

प्रदेशमा पठाइयो ९० वटा गाडी: कुन प्रदेशमा कति ?

समयपोष्ट २०७४ फागुन १ गते १:३४

प्रदेशले नै मुख्यमन्त्री, सभामुख, उपसभामुख र मन्त्रीहको गाडीको व्यवस्था गर्नुपर्ने भएको छ ।

Advertisement

आजको नेपाल समाचारपत्रमा यो समाचार प्रकाशित छ, तत्काल कुनै नयाँ सवारी किन्ने व्यवस्था नभएकाले प्रदेशभित्र रहेका गाडीहरु नै प्रयोगमा ल्याउनुपर्ने गृह मन्त्रालयले जनाएको छ ।

गृहको आन्तरिक व्यवस्था शाखा ‘ख’का उप सचिव यदुनाथ पौडेलले विभिन्न मन्त्रालय र विभागका गरी ९० वटा सवारी सबै प्रदेशमा पठाइएको बताए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद, गृहमन्त्रालय र शाखाको पहलमा गाडीको व्यवस्थापन गरिएको उनको भनाइ छ ।

प्रदेश १ मा १३, २ मा १४, ३ मा १३, ४ मा १४, ५ मा १४, ६ मा १४ र ७ नम्बर प्रदेशमा १३ वटा गाडी पठाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री