बिहीबार, १६ मंसिर २०७८

६ नं प्रदेशको संसदीय दलको नेतामा काँग्रेसका शाही

समयपोष्ट २०७४ माघ २६ गते ६:३९

नेपाली काँग्रेसले ६ नं प्रदेशको संसदीय दलको नेतामा हुम्ला (ख) बाट निर्वाचित सांसद जीवनबहादुर शाहीलाई चयन गरेको छ ।

Advertisement

आज बसेको काँग्रेस संसदीय दलको बैठकले शाहीलाई सर्वसम्मत दलको नेतामा चुनिएको जुम्लाका सांसद दिनबन्धु श्रेष्ठले जानकारी दिनुभयो ।

अन्य संसदीय दलका पदाधिकारी अब बस्ने संसदीय दलको बैठकबाट निर्णय गरिने उहाँले बताउनुभयो ।

नेपाली काँग्रेसका तर्फबाट ६ नं प्रदेशको मुख्यमन्त्री उम्मेदवारी घोषणा गरी हुम्लाबाट प्रदेशसभामा निर्वाचित शाही यो प्रदेशमा प्रत्यक्ष जित्ने एक्ला सांसद हुनुहुन्छ ।

पार्टीले अनपेक्षित हार व्यहोरेपछि उहाँले अहिले दलको नेतामा चित्त बुझाउनुपरेको छ । यो प्रदेशमा काँग्रेसका छजना प्रदेश सांसद रहेका छन् ।

Advertisement

रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री