शुक्रबार, १४ वैशाख २०८१

५० हजार घुस माग्ने प्रहरी नायब निरीक्षकसहित दुई जना पक्राउ

समयपोष्ट २०७७ फागुन १३ गते २१:१४

Advertisement

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु ५० हजार घुस लिएको अभियोगमा सशस्त्र प्रहरी बल वेस क्याम्प गैडहवा ३ तोण्डिहवा रुपन्देहीका कार्यालय प्रमुखसहित दुई जनालाई पक्राउ गरेको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार सशस्त्र प्रहरी निरीक्षक दधिराम पौडेल र सशस्त्र प्रहरी नायब निरीक्षक राजेश पासीले सेवाग्राहीको काष्ठ फर्निचर उद्योग सञ्चालनमा सहजीकरण गरिदिने भन्दै रु ५० हजार घुस माग्दै गरेको अवस्थामा आज पक्राउ गरिएको हो ।

आयोगको बुटवल कार्यालयबाट गएको टोलीले गैडहवा गाउँपालिका–३ लोण्डिहवास्थित एसएन सव इन्टरप्राइजेज अगाडिबाट नियन्त्रणमा लिइएको हो । आरोपीद्वयको थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री