शुक्रबार, १४ वैशाख २०८१

के प्रवीणलाई गला दबाएर मारिएको थियो ? अस्पतालले दियो यस्तो रिपोर्ट ,एक जनालाई थुनामा राख्न आदेश

समयपोष्ट २०७७ फागुन १३ गते १९:५९

Advertisement

जिल्ला अदालत मोरङले उर्लाबारी नगरपालिका–५ का प्रवीण बाँस्तोलाको हत्या आरोपमा उपस्थित गराइएका दुईजना मध्ये एकजनालाई अदालतले थुनामा पठाएको छ ।

बिहीबार थुनछेक बहसपछि रतुवामाई–१० घर भएका मेहरमान दर्जीलाई जिल्ला अदालत मोरङले थुनामा पठाउने आदेश दिएको हो ।

जिल्ला अदालत मोरङका न्यायाधीश सुदर्शन लामिछानेको इजलासले अर्का आरोपी कुमार राईलाई ३ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ । कुमार स्थानीय सौरभी होटलका सञ्चालक हुन् । ईलाका प्रहरी कार्यालय उर्लाबारीले प्रवीणको हत्या आरोपमा स्थानीय सौरभी होटल सञ्चालक कुमार राई र रतुवामाई–१० घर भएका मेहरमान दर्जीलाई पक्रेर अदालतमा उपस्थित गराएको थियो । सौरभी होटलका सञ्चालक कुमार उर्लाबारी–७ का स्थानीय हुन् ।

पुस ४ मा साथी सुदिप परियार, मेहरमान दर्जी ,राजेश रणपहेली र दिलिप पौडेलसंग मदिरा सेवन गरेका प्रवीण बिहान अचेत अवस्थामा भेटिएका थिए । उर्लाबारी–७ का रमेश गिरीको घरमा साथीको डेरामा अचेत अवस्था भएपछि उनलाई स्थानिय गोदावरी अस्पालमा पुर्याइको थियो । पुस ५ मा बिहान डाक्टरले उनलाई मृत घोषणा गरेका थिए ।

भिसेरा परीक्षणबाट विष खुवाएको अथवा खाएको पुष्टि नभएको अनुसन्धानमा संलग्न प्रहरीले जनाएका छन् । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्रविणको ‘निसास्सिएर मृत्यु’ भएको पोष्टमार्टम रिपोर्टमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री