शनिबार, ८ वैशाख २०८१

दराज हाट बजारमा एक रुपैयाँ मै डिशहोम फाईबर नेटको ६ महिनाको प्याकेज

समयपोष्ट २०७७ फागुन ११ गते १७:२४

Advertisement

दराज हाट बजारमा एक रुपैयाँमा नै डिशहोम फाईबर नेटको ६ महिनाको प्याकेज उपलब्ध हुँने भएको छ ।

नेपालको परिचित अनलाइन सपिङ ब्राण्ड दराज र डिशहोम बिचको सहकार्य अनुरुप ग्राहकले सो सुविधा प्राप्त गर्ने भएका हुन् । दराज हाट बजारमा ७ हजार ८ सय ४५ पर्ने डिशहोम फाईबर नेटको प्याकेज खेल १ रुपैयाको गेममा भाग लिएर जित्न सकिने कम्पनीले जनाएको छ । यसका साथै डिशहोमको नयाँ कनेक्सन, उपकरण तथा कम्वो प्याकेज पनि आकर्षक छुटमा दराज मार्फत खरिद गर्न सकिनेछ ।

ग्राहकहरुलाई थप सेवा सुविधा दिने उद्देश्यले डिशहोमले दराजसंगको सहकार्यमा डिशहोमको उपकरणहरु सहुलियत मुल्यमा अनलाईन मार्फत खरिद गर्न सकिने व्यवस्था समेत गरेको छ । यसवाट ग्राहकहरुले डिशहोमको नयाँ कनेक्सन र प्याकेजहरु आकर्षक छुट मुल्यमा सजिलै अनलाईन मार्फत खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री