शुक्रबार, ७ वैशाख २०८१

तैमुर जन्मँदा करिनाले अस्विकार गरेकी थिईन् यो नाम, सैफले कान्छो छोरालाई देलान् त यहीँ नाम ?

समयपोष्ट २०७७ फागुन १० गते २२:१२

Advertisement

करिना कपुरले आफ्नो दोस्रो छोराको नाम के राख्नेछिन् यसबारे निकै चर्चा छ । सोसल मिडियामा प्रशंसकले थुप्रै नाम पनि सुझाएका छन् । करिनाले जेठो छोराको नाम तैमुर राख्दा पनि निकै चर्चा भएको थियो ।

सैफ अलि खान र करिनाले ट्रोल्सको सामना पनि गर्नुपरेको थियो । तैमुरको नामको विषयमा इन्डिया टुडे कन्क्लेवमा करिनाले भनेकी थिइन्, ‘अस्पताल जानु अघिल्लो रात सैफले छोरा जन्मिएको खण्डमा नाम ‘तैमुर’ नै राख्ने कुरामा तिमी पक्का छौ ?’

‘हामीले नाम फेरेर फैज राख्न सक्छौं । यो बढी पोएटिक र रोमान्टिक छ । तर मैले अस्विकार गरिदिएँ । मैले छोरा भएको खण्डमा तैमुर नै राख्छु भनिदिएँ । मेरो छोरा फाइटर होस् भन्ने म चाहन्छु । तैमुरको अर्थ आइरन हो र म आइरनम्यान जन्माउन चाहन्छु । उसलाई तैमुर नाम दिँदा मलाई गर्व छ ।’

अब सोसल मिडियामा सैफ करिनाले आफ्नो दोस्रो छोराको नाम फैज राख्लान् त भन्ने चर्चा सुरु हुन थालेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री