मंगलबार, १ जेठ २०८१

प्रेमीसंग थुनिएपछि झ्यालबाट हाम फालेर भागेकी थिईन् ट्वींकल

समयपोष्ट २०७७ फागुन ५ गते १७:४४

Advertisement

अभिनेत्री ट्वींकल खन्ना सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । उनले गरेका पोष्टका कारण बेला बेलामा ट्वींकल चर्चामा आइरहन्छिन् ।

हालै उनले ट्वीक इंडियामा एउटा आलेख मार्फत् पाठकलाई आफ्नो जीवनको एउटा रमाइलो घटना बताएकी छन् ।

यो घटना त्यो समयको हो जब अभिनेत्री आफ्नो ब्वायफ्रेन्डसँग स्कूलमा बन्द भएकी थिइन र उनीहरु झ्यालबाट निस्किएर भागेका थिए ।
ट्वींकलले लेखमा लेखेकी छन्, उ बेन्चमा मेरै छेउमा झुकेर बसेको थियो, मेरा खुट्टा अचम्मसँग हल्लिरहेका थिए । उ राम्रो थियो, सुन्दर थियो । उसको मुहार एकदमै बारिकीसँग बनाइएको थियो । जस्तो उसलाई उक्त साँचोमा ढाल्नुभन्दा पहिला कुनै फरिस्ताले उसलाई बनाएको थियो । हामी साँझसम्म त्यहीँ बसिरह्यौं एक्लै । कोठामा चक र उसको च्वींगमको वास्ना आइरहेको थियो । मैले आखिर उसँग सोधें, कति बजेको छ ? मैले साँझको खाना छुटाउन चाहन्न । उसले मलाई जवाफमा भन्यो, मैले पनि छुटाउन चाहन्न, हाम्रोमा साँझको खानामा पिंक कस्टर्ड बनेको छ ।

मैले उसलाई अझै धेरै प्रश्न गर्नुपर्ने थियो तर गरिन । केहीबेर पछि हामी स्कूलको मेन गेटतिर भाग्यौं त्यतिबेलासम्म स्कूलको गेट बन्द भइसकेको थियो । उसले बिल्डिंगबाट फाल हाल्यो । मैले भनेँ म यहाँबाट फाल हाल्न सक्दिन । उसले भन्यो त्यति गाह्रो छैन, तिमी फाल हाल म समात्छु । त्यसपछि हामी दुबै झ्यालबाट दौडेर स्कूलदेखि बाहिर निस्कियौं ।

Advertisement

अभिनेत्रीले अगाडि यो पनि भनेकी छन् हुन सक्छ अब हामी कुनै दिन टोलमा हिँड्दा एकअर्कासँग भेटिएका पनि हुन सक्छौं तर मैले उसलाई चिन्दिन ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री