मंगलबार, १ जेठ २०८१

‘मिस ईकलेज २०२१’को आवेदन खुल्ला

समयपोष्ट २०७७ फागुन ५ गते १७:३६

Advertisement

‘मिस ईकलेज २०२१’को आवेदन खुल्ला भएको छ ।

सिजन मिडियाले एक प्रेस विज्ञप्ति जारी गर्दै प्रतियाोगिताको आवेदन खुल्ला भएको जनाएको हो । प्रतियोगिताको यो दशौँ संस्करण हो । १६ वर्षदेखि २४ वर्षसम्मका कलेज छात्राहरुलाई मध्यनजर गरेर प्रतियोगिता आयोजना गर्न लागिएको सिजन मिडियाकी कार्यक्रम निर्देशक रेजिना तुलाधरले बताइन् ।

कलेज स्तरका युवतीहरुको शैक्षिक विकास, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, वैदेशिक शिक्षाको लागि अवसर साथै उनीहरुको आन्तरीक क्षमता उजागर लगायत नेतृत्वदायी क्षमताको विकास गराई एक शिक्षित व्यक्तिको रुपमा अगाडि आउन कार्यक्रमले सहयोग पुग्ने आयोजकको विश्वास रहेको छ ।

प्रतियोगितामा सहभागीका लागि फागुन अन्तिम सातासम्म आवेदन फारम भर्नुपर्ने प्रवाधाम आयोजकको रहेको छ । प्रतियोगिताको विजेताले ‘मिस ईकलेज २०२१’कोे ताजसहित ल्यापटप मोवाइल फोन लगायत बिभिन्न उपहार प्राप्त गर्नेछन् ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री