शुक्रबार, ७ वैशाख २०८१

थाहा पाईराख्नुहोस्, यस्ता कुराले घरमा निम्त्याउँछ वास्तुदोष

समयपोष्ट २०७७ फागुन २ गते १७:१०

Advertisement

कुनै वैज्ञानिक आधार नभए पनि धेरै मानिसहरु आजकाल वास्तुशास्त्रमा विश्वास गर्न थालेका छन् ।

वास्तुशास्त्रले घरमा कस्ता सामान राख्ने, कस्ता नराख्ने, के ले वास्तु दोष निम्त्याउँछ र यसले कस्ता समस्या निम्त्याउँछ भन्ने जानकारी दिन्छ ।

वास्तु शास्त्रका अनुसार घरका भित्ताहरु चर्किएका छन् भने यसले घरका सदस्यमा रोग निम्त्याउँछ । चर्किनुका साथै यदि प्लास्टर वा रङ खराब भएका छन् भने पनि यस्तै हुन्छ । यस्तोमा भित्तालाई सधैं ठिक अवस्थामा राख्नुपर्छ ।

भान्सा कोठामा पूजा घर बनाउँनु पनि उचित मानिदैन । यसो गर्दा घरका सदस्यबीच प्रेम कम हुन्छ । साथै धनको कमी पनि हुन थाल्छ । यदि घरमा माकुराको जालो बनेको छ भने यो यसले घरमा समस्या निम्त्याउँछ ।

यदि घरमा फुटेको सिसा छ भने त्यसलाई तत्काल घरबाट हटाउनु उचित हुन्छ । यसले घरमा नकारात्मक ऊर्जा पैदा गर्छ ।

घरमा वा छतमा यदि काम नलाग्ने सामान छन् अथवा ओइलिएका फुल छन् भने पनि त्यसलाई तत्काल हटाउँनुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री