कुनै बेला नेपालको पस्मिना सल बेच्थे शिल्पाका श्रीमान, यसरी फेरियो भाग्य
बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टीका श्रीमान् तथा राजस्थान रोयल्सका सहमालिक राज कुन्द्राको बाल्यकाल निकै कष्ट साथ बित्यो ।
राज कुन्द्रा आफैंले एक वर्ष अघि एक अन्तरवार्तामा भनेका थिए, ‘आज म जस्तो आरामको जीवन बाँचिरहेको छु, बाल्यकालमा मेरो जीवन योभन्दा ठिक विपरित थियो । आज मसँग एकसे एक विलासी कारका लाइन छन्, जुन पहिला कुनै सपनाजस्तै थियो ।’
मध्यम वर्गीय परिवारमा जन्मिएका राजलाई उनका आमाबुवाले निकै दुःख गरी पाले । उनले बाल्यकालदेखि नै पैसाको महत्व बुझे । जब उनी १८ वर्षका थिए तब उनका पिताले आफ्नै ब्यवसाय सञ्चालन गर्न सुझाव दिए ।
खल्तीमा केही पैसा लिएर सबैभन्दा पहिले उनी दुबई गए । हिरा व्यवसायीलाई भेटे तर कुरा बन्न सकेन । त्यसपछि उनी नेपाल आए । केही पस्मिना सल खरिद गरे र बेलायतका केही ब्रान्डेड स्टोरमार्फत् बेच्न सुरु गरे । जति छिटो यो व्यापार बढ्यो, त्यति नै छिटो यसमा प्रतिस्पर्धा पनि बढ्यो । त्यसपछि हिराको कारोबार गर्न राज पुनः दुबई गए ।
त्यतिबेलासम्म उनले कहिले पनि पछाडि फर्केर हेरेनन् र आज पनि उनी भिन्न भिन्न क्षेत्रका करिब १० कम्पनीका कि त मालिक हुन् कि लगानी छ । राज कुन्द्रालाई सन् २००४ मा एक बेलायती पत्रिकाले सबैभन्दा धनाढ्य एशियाली बेलायतीको सूचीमा १९८ औं स्थान दिएको छ ।
प्रतिक्रिया