बिहीबार, १३ वैशाख २०८१

टाटाको बीएस ६ इन्जिनका गाडीहरुको प्रि–बुकिङ खुल्ला

समयपोष्ट २०७७ फागुन २ गते १५:५६

Advertisement

नेपालको लागि टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्गले टाटाको बहुप्रतिक्षित गाडीहरुको नेपाली बजारमा बुकिङ खुल्ला गरेको छ ।

भारतीय स्टयान्डर्ड सिक्सको मान्यता प्राप्त टाटा नेक्सन, टिगोर, अल्ट्रोज, टिएगो, र एच फाइभ गाडीहरुको प्रि–बुकिङ खुल्ला गरिएको हो । न्यू फरेवरको अवधारणा सहित अत्याधुनिक प्रविधि युक्त, परिमार्जित शक्तिशाली इन्जिनको साथ ग्लोबल एन क्यापबाट सेफ्टिमा फाइभ स्टार र फो स्टार रेटिङ पाएका टाटाको यी गाडीहरुले सबैको मन जित्ने बिश्वास कम्पनीको छ । साथै यहि शुभ अवसर पारेर प्रि–बुकिङ गर्ने पहिलो १०० जना ग्राहकहरुलाई विभिन्न आकर्षक उपहारहरु प्रदान गरिने कम्पनीले जनाएको छ । उपहारहरुअन्तर्गत ग्राहकहरुले आइफोन १२, आकर्षक नगद छुट, आकर्षक एक्सचेञ्ज बोनस, १ बर्षको नि: शुल्क सर्भिसिङ्ग र निःशल्क जेन्युइन एसोसेरिजहरु प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

इम्प्याक्ट २.० डिजाइनमा तयार गरिएका टाटाका यी गाडीहरु हरेक उमेर समुहका ग्राहकहरुको रोजाइमा पर्ने अपेक्षा गरिएको छ । ग्लोबल एन क्यापको रेटिङअनुसार नेक्सन र अल्ट्रोज फाइभ स्टार तथा टिएगो र टिगोर फोर स्टार सेफ्टी रेटेट सबैभन्दा सुरक्षित गाडीहरु हुन ।

उत्कृष्ट ड्राइभिङ प्लेजरको अनुभूती गर्न सकिने यी गाडीहरु अझै शक्तिशाली इन्जिन एवं उच्च भारवहन क्षमता सहित विशेष रुपमा तयार पारिएको कम्पनीले जनाएको छ । नेपाल अधिराज्यभरका सबै टाटाको शोरुमहरुबाट ग्राहकहरुको सुबिधाको लागि प्रि–बुकिङको ब्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री