बिहीबार, २६ असार २०८२

घरमा यसरी प्रयोग गर्नुहोस् फिटकिरी, कहिले हुँने छैन धनको कमि

समयपोष्ट २०७७ माघ २८ गते ११:०७

Advertisement

यदि घरमा कुनै प्रकारको वास्तु दोष छ भने घरमा नकारात्मक ऊर्जा प्रवाह हुन्छ । साथै घरको सुख–समृद्धिमा पनि बाधा आउँछ । यद्यपि, दैनिक हाम्रो घरमा प्रयोग हुने चिजलाई ठिक गरेर वास्तु दोषलाई हटाउन सकिन्छ ।

फिटकिरीमार्फत् घरको वास्तु दोषलाई कम गर्न सकिन्छ । फिटकिरीलाई सही दिशा वा सही स्थानमा राख्ने हो भने यसले वास्तु दोष हटाउने काम गर्छ साथै आर्थिक समस्या पनि केही हदसम्म ठिक हुन्छ । यदि घरको झ्याल वा ढोका नजिकै तपाईं फिटकिरी राख्नुहुन्छ भने घरमा सकारात्मक ऊर्जा प्रवाह हुन्छ ।

यदि घर वरिपरि भग्नावशेष भइसकेको घर छ भने तपाईं आफ्नो घरको ढोका नजिकै फिटकिरी राख्नुहोस्, यसले नकारात्मक ऊर्जा नष्ट हुन्छ । साथै, यदि घरको वरिपरी चिहान छ भने पनि फिटकिरीको प्रयोग गर्नुहोस् ।

साथै एउटा कचौरामा फिटकिरी राखेर बाथरुममा राख्नुहोस् । हरेक महिना यो परिवर्तन गर्नुहोस् । बाथरुमबाट पनि दूषित पदार्थ निस्कने भएकोले फिटकिरीले यहाँको ऊर्जा पनि शुद्ध गराउने मान्यता राखिन्छ ।

Advertisement

एउटा कालो कपडामा फिटकिरी बाँधेर राख्नुहोस् । यसलाई यसरी राख्नुहोस् कि घरमा आउने कुनै पनि व्यक्तिको नजर यसमाथि नपरोस् । यस्तो गर्दा घरमा कहिले पनि धनको कमी हुँदैन ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री