मंगलबार, १ जेठ २०८१

युट्युब च्यालेन्जको नाममा यसरी गयो ज्यान

समयपोष्ट २०७७ माघ २५ गते ७:५२

Advertisement

जोशमा होस गुमाउँदा मानिसहले आफैंलाई हानी गरिरहेका हुन्छन् । यस्तै घटना रुसमा भएको छ जहाँ ६० वर्षका एक व्यक्तिले च्यालेन्जको नाममा १.५ लिटर भोड्का (रक्सी) पिएपछि उनको मृत्यु भएको छ । लाइभ स्ट्रिमिङका बेला दर्शकले उनको मृत्यु भएको प्रत्यक्ष हेरिरहेका थिए ।

घटना रसियाको हो जहाँ ६० वर्षका वृद्धले युट्युबमा लाइभ स्ट्रिमिङका बेला धेरैभन्दा धेरै रक्सी पिउने चुनौती स्विकार गरे र त्यो पूरा गर्नका लागि १.५ लिटर भोड्का पिए । लाइभ स्ट्रिमिङमा उनले रक्सी पिइरहेको हेरिरहेका दर्शक उनको मृत्यु भएको देखेर अचम्मित भए ।

द इन्डिपेन्डेन्टको रिपोर्ट अनुसार ‘ग्रान्डपा’ नामका यी रुसी व्यक्तिलाई एक युट्युबरले धेरै रक्सी पिएको बदलामा पैसा दिने चुनौती दिएका थिए । यस्ता प्रकारको चुनौतीलाई ‘थ्रेस स्ट्रिम’ वा ‘ट्र्यास स्ट्रिम’ भनिन्छ । आजकाल यो सोसल मिडियामा व्यापक ट्रेन्ड भइरहेको छ ।

सोसल मिडियामा ट्रेन्ड भइरहेको यो चुनौतीमा कुनै व्यक्तिलाई पैसाको साटो अपमानजनक क्रियाकलाप वा स्टन्ट गर्ने चुनौती दिइन्छ । यस्ता क्रियाकलापको लाइभ स्ट्रिम गरिन्छ जसलाई थुप्रै दर्शकले अनलाइनमा हेर्ने गर्छन् । यसमा थुप्रै पटक यस्ता चुनौती दिइन्छ जुन निकै मुश्किल हुने गर्छन् वा कसैलाई हानी पुर्याउने किसिमका पनि हुन्छन् ।

Advertisement

द इन्डिपेन्डेन्टले स्थानीय मिडिया रिपोर्टलाई उद्धृत गर्दै यी रुसी व्यक्तिको पहिचान ६० वर्षीय यूरी दुशेकिनको रुपमा गरेको छ । उनलाई एक युट्युबरले पैसाको बदलामा रक्सी वा तातो सस खाने चुनौती दिएका थिए । १.५ लिटर भोड्का पिएपछि यी व्यक्ति अचानक लडे र उनको तत्काल मृत्यु भयो । उनको शव पनि लाइभ स्ट्रिममा देखिएको थियो र दर्शकले उनी मरिरहेको हेरिरहेका थिए ।

रुसी अधिकारीले अघिल्लो हप्ता स्मोलेन्स्क शहरमा भएको यो घटनाको अनुसन्धान सुरु गरेका छन् । यसैबीच रुसी सांसद एलेक्सी पुष्कोवले यस्तो घटनामाथि प्रतिबन्ध लगाउनका लागि कानून बनाउनमा जोड दिएकी छिन् । उनले यस्ता घटनाले सोसल मिडियामा हिंसालाई र डिजिटल अपराधलाई प्रोत्साहन गरिरहेको बताएकी छिन् । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री