मंगलबार, १ जेठ २०८१

अञ्जुसँग विवाहको चर्चा चलेपछि दुवैको तस्विर सेयर गरेर थीरले यसो भने

समयपोष्ट २०७७ माघ २४ गते १६:२४

Advertisement

 

आजकाल गायिका अञ्जु पन्तको विवाह बारे निकै चर्चा छ ।

केही दिनअघि मात्र पन्तले थीर कोइरालासंग विवाह गर्ने चर्चा चलेको थियो । यसैबिच थीर कोइरालाले पन्तसंगको तस्विर सेयर गर्दै केही समयदेखि प्रेम सम्बन्धमा रहेको र निकट भविष्यमा एक हुने तयारी गरिरहेको जानकारी दिएका छन् ।

उनले लेखेका छन्, ‘अब तपाईहरुको खुल्दुली मेटाउने सायद यहि नै सहि समय होला भन्ने लाग्छ । तपाईले मिडियामा सुनेको खवर सत्य हो, हामी केही समयदेखि एक अर्काको प्रेम छौँ र निकट भविश्यमा नै एक हुने तयारीमा छौँ । कहिले र कहाँ भन्ने कुराको सबै जानकारी दिने नै छौँ । तपाईहरुको माया, प्रार्थना, सकारात्मक प्रतिक्रियाले हामीलाई अझ उत्साह मिलेको छ र भविश्यमा अझ धेरै माया, सद्भाव र शुभकामनाको अपेक्षा गर्दछौँ ।’

Advertisement

 

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री