
पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली निकटस्थ मानिएकाहरु एकपछि अर्को विवादमा आइरहँदा प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राई समेत विवादमा मुछिएका छन् । मुख्यमन्त्री राई बिरुद्ध एक महिलाले पति दाबी गर्दै काठमाडौं जिल्ला अदालतमा एक महिलाले मुद्धा दायर गरेकी छिन् ।
शुक्रबार दिउँसो काठमाडौं जिल्ला अदालतमा बालिका खड्का नाम गरेकी महिलाले शेरधन राईलाई पति दाबी गर्दै मुद्दा दायर गरेकी हुन् । उनले राईले आफूसँग विवाह गरेको दाबी गर्दै घरेलु हिंसाको अभियोग समेत लगाएकी छिन् । खड्काले आफूले अंश पाउनुपर्ने उल्लेख गरेकी छिन् ।









प्रतिक्रिया