शुक्रबार, १४ वैशाख २०८१

लिवर्टी ईनर्जीले प्रभावित क्षेत्रका बासिन्दाका लागि १५ लाख कित्ता आइपिओ निष्काशन गर्ने

समयपोष्ट २०७६ फागुन १६ गते ९:५३

Advertisement

लिवर्टी ईनर्जी कम्पनी लिमिटेडले उद्योग प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि फागुन २७ गतेदेखि १५ लाख कित्ता साधारण शेयर (आइपिओ निष्काशन गर्ने भएको छ।

कम्पनीले लमजुङ्ग जिल्लाको दोर्दी गाँउपालिकाको वडा नं. ६ र ७ मा स्थायी बसोबास गर्ने स्थानियलाई ५ लाख कित्ता, दोर्दी गाँउपालिकाका बाँकी वडा र बेशिसहर नगरपालिकाको वडा नं. ११ का स्थानियलाई  ५ लाख कित्ता र लमजुङ्ग जिल्लाका सम्पूर्ण बासिन्दाहरुका लागि ५ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो ।

प्रतिकित्ता १०० अंकित दरका सो शेयरमा न्यूनतम १० कित्ताका लागि आवेदन दिन सक्नेछन् भने अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। निष्काशन बन्द छिटोमा चैत ११ गते बन्द हुनेछ भने ढिलोमा चैत २६ गते बन्द हुनेछ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ। कम्पनीको निर्माण अवधिको ब्याजसहित प्रति मेगावाट लागत १८ करोड ५४ लाख ४३ हजार ८३७ रुपैयाँ रहेको छ।

कम्पनीको कुल अनुमानित लागत ४ अर्ब ६३ करोड ६० लाख ९५ हजार ९२१ रुपैयाँ ७२ पैसा रहेको छ। कम्पनीको विद्युत उत्पादन अनुमतिपत्र बहाल रहने अवधि ३० वर्ष रहेको छ। कम्पनीको लगानी फिर्ता हुने अवधि ८.२० वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १६.७७ वर्ष रहेको छ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री