शनिबार, १५ वैशाख २०८१

अर्थमन्त्री बाहिरिने हल्लाले सेयर बजारमा उछाल

समयपोष्ट २०७६ फागुन ११ गते १६:२२

Advertisement

साताको पहिलो दिन नेप्से परिसुचक ६९.५६ अंकले बृद्धि भएको छ ।

आज नेप्से परिसुचक ६९.५६ अंकले बढेर १५०४.१४ विन्दुमा पुगेको हो । आज १ सय ७८ कम्पनीका ८ लाख कित्ता सेयर ३० अर्ब ६० करोड रुपैयाँ बराबरमा किनबेच भएका छन् । आज सबै परिसुचकहरु बढेका छन् ।

आज बैंकिंग समुह ८६.०१,ब्यापार ७३.११,होटल ११.७७,विकास बैंक ८४.५९,जलविद्युत ३३.७५, फाईनान्स २२.५६,निर्जिवन बिमा १३९.८५,उत्पादनमुलक ३८.६२,अन्य २४.६३,लघुवित्त ५४.८९,जीवन बीमा १९२.३६,म्युचुअल फण्ड ०.२८ अंकले बढेका छन् ।

शनिबार नेकपाको सचिवालय बैठकमा नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियभाको सदस्य मनोनयन गर्ने सम्बन्धमा अनौपचारिक सहमति भएको समाचार बाहिर आयो ।

राष्ट्रियसभामा यही फागुन १९ गतेदेखि १९ जना सांसदको पद रिक्त हुँदैछ । जसका लागि १८ नयाँ सांसदको निर्वाचन भइसकेको छ । राष्ट्रपतिले मनोनयन गर्ने रिक्त हुन लागेको एक सिटमा अर्थमन्त्री डा. युवराज खतिवडा छन् । सो स्थानमा वामदेव गौतम आउने भएसँगै अर्थमन्त्री खतिवडा संघीय संसदको सदस्य नरहने र योसँगै अर्थमन्त्रीबाट हट्ने अनुमानसहित बजार बढेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री