शनिबार, १५ वैशाख २०८१

एलआईसी नेपाल विश्वासको अर्को पर्यायवाची शब्द बनिसकेको छ

लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) का सीईओ एल.पी. दासको अन्तर्वार्ता

समयपोष्ट २०७६ फागुन ११ गते ११:४४

Advertisement

लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) को अवस्था कस्तो छ ?

एलआईसी नेपालको आ.व. २०७६/७७ को दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित भइसकेको छ । यस अवधि सम्ममा कम्पनीका सबै वित्तीय सूचकाङ्क सकारात्मक छन् । उक्त समिक्षा अवधिमा कम्पनीले कुल बिमा शुल्क आर्जनमा ३२% को वृद्धिदरका साथ सात अर्ब ६९ करोड रकम आर्जन गर्न सफल भयो । त्यसैगरी कुल जीवन बिमा कोषमा २५% को वृद्धिदरका साथ ६१ अर्ब नौ करोड रकम सङ्कलन गर्न सफल भएको छ । आ.व. २०७५/७६ को वार्षिक साधारण सभा हुन बाँकी छ । कम्पनीले आ.व. २०७४/७५ मा सेयरधनीलाई चुक्ता पुँजीको ७०% लाभांश दिएको थियो । त्यसैगरी बिमितलाई पनि कम्पनीले न्यूनतम रु. ६६ बोनसदेखि रु. ८५ सुनिश्चित लाभसम्म प्रतिफल दिइरहेको छ ।

एलआईसी नेपाल आईएसओ प्रमाणीकरण प्राप्त जीवन बिमा कम्पनी हो । कम्पनीले ग्राहक सेवा, दाबी भुक्तानी प्रक्रिया र पारदर्शितामा अब्बल तरिकाबाट कार्य गर्दै आइरहेको छ ।

लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल)मा किन बिमा गराउने ? यसका विशेषता के छन् ?

जीवन बिमा गर्दा बचत तथा जीवनको जोखिम बहन त हुन्छ नै । नेपालमा ग्राहकले आफ्नो लगानीमा धेरै प्रतिफल चाहेको पाएँ । ग्राहकले सामान्यतः ५ देखि १५ वर्ष अवधिको बिमा गर्ने प्रचलन देखियो । एलआईसी नेपालको न्यूनतम बोनसदर नै रु. ६६ प्रतिहजार प्रतिवर्ष छ । जसका कारण बिमितले यस कम्पनीमा सर्वाधिक प्रतिफल पाउँछन् । एलआईसी नेपाल आईएसओ प्रमाणीकरण प्राप्त जीवन बिमा कम्पनी हो । कम्पनीले ग्राहक सेवा, दाबी भुक्तानी प्रक्रिया र पारदर्शितामा अब्बल तरिकाबाट कार्य गर्दै आइरहेको छ । भर्खरै ग्राहक सेवामा गरेको उत्कृष्ट कार्यका लागि कम्पनीले बेस्ट ब्रान्ड लिडरसिप अवार्ड, २०१९ प्राप्त गरेको छ । जीवन बिमामा बिमितले लामो अवधिका लागि लगानी गरेका हुन्छन् र आफ्नो लगानी सुरक्षित रहोस् भन्ने चाहन्छन् । यो कम्पनीले बिमितको लगानी सुरक्षित गर्दै सर्वाधिक प्रतिफल पनि दिन्छ । आम नागरिकमा अहिले एलआईसी नेपाल विश्वासको अर्को पर्यायवाची शब्द बनिसकेको छ ।

एलआईसी नेपालको न्यूनतम बोनसदर नै रु. ६६ प्रतिहजार प्रतिवर्ष छ । जसका कारण बिमितले यस कम्पनीमा सर्वाधिक प्रतिफल पाउँछन् ।

एलआईसी अफ इन्डियाको खराब कर्जा शतप्रतिशत वृद्धि भएकाले डुब्ने अवस्थामा पुग्यो भन्ने केही नकारात्मक समाचार पनि आएका छन्, वास्तविकता के हो ?

यो गलत समाचार हो । गत आ.व.मा एलआईसी अफ इन्डियाको एनपीए ६% सम्म गयो भन्ने समाचार आएको हो तर हाल त्यो १% भन्दामुनि आइसकेको छ । एलआईसी अफ इन्डियाले प्रकाशित गरेको पछिल्लो तथ्याङ्क अनुसार ३१ जनवरी २०२० मा बिमा लेख सङ्ख्यामा ७७.६६% र प्रथम बिमा शुल्क आर्जनमा ७०.०२% कुल बजार हिस्सा लिएको छ जुन गत वर्ष अर्थात् ३१ जनवरी २०१९मा क्रमशः ७३.५४% र ६६.२६% रहेको थियो । उक्त कम्पनीको जीवन बिमा कोषमा रु. ३२ लाख करोडभन्दा बढी रकम रहेको छ । वर्तमान अवस्थामा एलआईसी अफ इन्डिया त्यो देशकै उदाहरणीय र सबल जीवन बिमा कम्पनी हो ।

जीवन बिमा कोषमा रु. ३२ लाख करोडभन्दा बढी रकम रहेको छ । वर्तमान अवस्थामा एलआईसी अफ इन्डिया त्यो देशकै उदाहरणीय र सबल जीवन बिमा कम्पनी हो ।

नेपालमा नयाँ लाइफ इन्स्योरेन्स थपिएसँगै एलआईसीको बजार हिस्सामा केही असर परेको छ ?

बिमा समितिको तथ्याङ्क अनुसार नेपालमा कुल जनसङ्ख्याको करिब २० प्रतिशत नागरिक जीवन बिमाको दायरामा आएका छन् । नेपालमा हाल १९ वटा जीवन बिमा कम्पनी सञ्चालनमा छन् । पछिल्लो पटक १० जीवन बिमा कम्पनी थपिएका थिए । नयाँ कम्पनी खुल्दा पुराना कम्पनीको व्यवसायमा असर पर्ला भन्ने धारणा धेरैले लिएका थिए तर एलआईसी नेपाललाई व्यवसाय वृद्धिमा त्यस्तो नकारात्मक असर परेको महसुस भएन । तथापि केही कर्मचारी नयाँ कम्पनीमा गए ।

हामीले अन्य कम्पनीका कर्मचारीलाई तान्ने प्रयास गरेनौँ । यस कम्पनीले निरन्तर राम्रो व्यवसाय वृद्धि गर्दै गएको छ । हालै प्रकाशित २०७६/७७ को दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीले कुल बिमा शुल्क आर्जनमा ३२∞ र कुल जीवन बिमा कोषमा २५∞ को वृद्धिदर हासिल गर्न सफल भएको छ । यस कम्पनीको जीवन बिमा कोषमा रु. ६१ अर्बभन्दा बढी रकम सञ्चित भइसकेको छ ।

बिमा समितिले लगानीको दायरा बढाए पनि अधिकांश कम्पनी ब्याज आम्दानीमा मात्र सीमित देखिन्छन्, इन्भेस्ट पोर्टफोलियोमा खासै प्रतिवर्तन देखिँदैन, लगानीका चुनौती के छन् ?

एलआईसी नेपालले आफ्नो लगानी उक्त लगानी सम्बन्धी निर्देशिका बमोजिम सुरक्षित तथा उच्च प्रतिफल दिने स्थानमा लगानी गरेको छ ।

बिमा समितिले बिमा कम्पनीमा सङ्कलित रकम लगानी गर्न लगानी सम्बन्धी निर्देशिका तयार गरी लागू गरेको छ । एलआईसी नेपालले आफ्नो लगानी उक्त लगानी सम्बन्धी निर्देशिका बमोजिम सुरक्षित तथा उच्च प्रतिफल दिने स्थानमा लगानी गरेको छ । पछिल्लो पटक लगानी सम्बन्धी निर्देशिकामा पनि केही परिमार्जन गरिएका छन् । जस अनुसार रियल स्टेट सेक्टरमा पनि केही लगानीको बाटो खुलेको छ । हामी पनि यो क्षेत्रमा के–कसरी लगानी प्रभावकारी बनाउन सकिएला भनी योजना बनाइरहेका छौँ ।

निकट भविष्यमा कम्पनीले १०१ शाखा कार्यालय पुर्याउने लक्ष्य लिएको छ । कर्मचारी र मार्केटिङ फिल्डफोर्स जीवन बिमा कम्पनीका आधार स्तम्भ हुन् । हामी यसलाई विशेष बिमा प्रशिक्षण मार्फत अझ प्रभावकारी बनाइरहेका छौँ ।

एलआईसीका आगामी योजना के छन् ?

कम्पनीले अहिले शाखा विस्तारलाई प्राथमिकता दिइरहेको छ । अहिले एलआईसी नेपालले ७५ शाखा र एक कर्पोरेट कार्यालय मार्फत सेवा दिइरहेको छ । निकट भविष्यमा कम्पनीले १०१ शाखा कार्यालय पुर्याउने लक्ष्य लिएको छ । कर्मचारी र मार्केटिङ फिल्डफोर्स जीवन बिमा कम्पनीका आधार स्तम्भ हुन् । हामी यसलाई विशेष बिमा प्रशिक्षण मार्फत अझ प्रभावकारी बनाइरहेका छौँ । ग्राहक सेवा चुस्त र सहज बनाउन शाखा कार्यालयलाई अधिकार प्रत्यायोजन गरिएका छन् । सूचना प्रविधिको अधिक प्रयोगबाट ग्राहकलाई छिटो र सरल सेवा दिन थप कार्ययोजना बनाएका छौं ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री