सोमबार, ५ साउन २०८२

चालु आर्थिक वर्षको अन्त्यसम्ममा एक हजार मेगावाट विद्युत् थप हुन्छ : मन्त्री पुन

समयपोष्ट २०७६ फागुन ५ गते १३:४९

ऊर्जा मन्त्री वर्षमान पुनले शहरी सौन्दर्यका लागि विद्युत्का तार भूमिगत गर्न लागिएको बताउनुभएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको निर्देशनमा नेपाल विद्युत् प्राधिकरणले अगाडि बढाएको भूमिगत बनाउने कार्यक्रमको शिलान्याशपछि आयोजित सभालाई सम्बोधन गर्दै मन्त्री पुनले तार भूमिगत गर्ने योजनालाई आगामी दिनमा देशभर नै विस्तार गर्ने लक्ष्यसाथ काम भइरहेको र एकाध वर्षभित्रै पूर्णता पाउने बताउनुभएको हो ।

मन्त्री पुनले चालु आर्थिक वर्षको अन्त्यसम्ममा राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी लगायतका आयोजना सम्पन्न गरी कूल एक हजार मेगावाट विद्युत् थप हुने बताउनुभयो । उहाँले सरकार गठन भएपछि राष्ट्रिय प्रणालीमा थप ४०० मेगावाट विद्युत् थप भएको तथ्यांक पेश गर्दै नेपालले केही वर्षभित्रै विद्युत् निर्यात गर्ने उल्लेख गर्नुभयो । सरकारले ऊर्जा क्षेत्रको विकासका लागि रणनीतिक महत्वका योजना अगाडि सारेको जानकारी दिँदै उहाँले आर्थिक समृद्धिको प्रमुख आधारको रुपमा त्यस क्षेत्रलाई लिइएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री