शनिबार, ८ वैशाख २०८१

नेपालका स्थानीय सरकारका निर्वाचित प्रतिनिधिहरुको परिचयात्मक भारत भ्रमण

समयपोष्ट २०७६ फागुन १ गते १४:३२

Advertisement

नेपालमा भूकम्प पश्चातको पुन:र्निर्माणमा भारत सरकारको प्रयास स्वरुप नुवाकोट जिल्लाका स्थानीय सरकारका २१ निर्वाचित प्रतिनिधिहरुका लागि यु एन ओ पि एस (युनाईटेड नेशन अफिस फर प्रोजेक्ट सर्भिसेस्ले) भारतमा २०७६ माघ २७ देखि फाल्गुण २ गते सम्म परिचयात्मक भ्रमणको आयोजना गरेको छ ।

दुई नगरपालिकाका मेयर/उपमेयर, आठ गाउँपालिकाका अध्यक्ष/उपाध्यक्ष, नुवाकोट जिल्ला समन्वय समितिका प्रमुख तथा नेपाल पत्रकार महासंघका एक अधिकारी उक्त भ्रमणमा सहभागी भएका छन् ।

भारत भ्रमणका क्रममा प्रतिनिधिहरुले रुड्कीस्थित केन्द्रिय भवन अनुसन्धान संस्थानमा रहेका सेक टेवल टेष्टिंग फ्यासिलिटी,स्ट्रक्चरल इञ्जनियरिंग ल्याब ,फायर ल्याब टेक्नोलोजि डेमोनेष्ट्रेसन ल्याब र रुलर पार्कको अवलोकन गर्नेछन् ।

दिगो शहरी विकास तथा जीविका समायोजनका लागि सहभागीतामूलक प्रक्रिया बुझ्न यी प्रतिनिधिहरुले क्योर नामक संस्थाको भ्रमण गर्नेछन् । इंडियन नेशनल ट्रष्ट फर आर्ट एण्ड कल्चरल हेरिटेज (इनट्याक)मा प्रतिनिधिहरुले भूकम्प पश्चातको संरक्षण तथा पुनःस्थापना कार्यबारे जानकारी लिनुका साथै (इनट्याक) हेरिटेज एकेडेमीको पनि भ्रमण गर्नेछन् ।

नुवाकोट जिल्लामा २३,०८८ घरको पुनर्निर्माण गर्न भारत सरकारले नेपाल सरकारसँग सहकार्य गरिरहेको छ । नेपाल सरकारले अघि सारेको स्वनिर्माणको अवधारणलाई मूर्त रुप दिन यु एन ओ पि एसले भूकम्प उत्थानशील आवास निर्माणका लागि घरधनीहरुलाई सामाजिक–प्राविधिक सहजीकरण प्रदान गर्दै आएको छ ।

विपद् व्यवस्थापन, पुनःस्थापना तथा भूकम्प प्रतिरोध सम्बन्धी समुदायमा जनचेतना बढाउँदै भूकम्प उत्थानशील पूनर्निर्माण सुनिश्चित गर्नका लागि यस भ्रमणले प्रमुख स्थानीय सरोकारवालाहरुको क्षमता अभिवृद्घि गर्न मार्ग प्रशस्त गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री