शनिबार, १५ वैशाख २०८१

किशोरलाई यस्तो सन्देश पठाउँदा अर्थमन्त्रीले दिनुपर्‍यो राजीनामा

समयपोष्ट २०७६ माघ २४ गते ९:४०

Advertisement

१६ वर्षे किशोरलाई सामाजिक सञ्जालमा सयौं सन्देश पठाएपछि स्कटल्याण्डका अर्थमन्त्रीले राजीनामा दिएका छन् ।

उनले आफूले मुर्खतापूर्ण व्यवहार गरेको स्वीकार गर्दै वार्षिक बजेट सार्वजनिक गर्नुभन्दा केही घण्टा अघि मात्रै राजीनामा दिएका हुन् ।

स्कटिस सन पत्रिकाले ४२ वर्षीय वित्तमन्त्री माकेले ती युवकलाई फेसबुक र इन्स्टाग्राममा सयौं सन्देश पठाएको खुलासा गरेको थियो । ती युवकलाई उनले ‘प्यारो’ भन्दै रग्बी म्याच हेर्न र डिनरका लागि आग्रह समेत गरेका थिए ।

यद्यपि उनीमाथि कानुन उल्लंघन गरेको आरोप लागेको छैन । मन्त्रीले यस्तो घटनापछि सार्वजनिक रुपमै माफी मागेका छन् । ‘सरकारमा रहेर सेवा गर्न पाउनु ठूलो अवसर हो । र सहकर्मी र समर्थकलाई हिनतावोध गराएकोमा म क्षमाप्रार्थी छु,’ माकेले विज्ञप्तिमा भनेका छन् । स्कटिस नेश्नल पार्टीमा उदाउँदो नेताको रुपमा चिनिएका माकेले छोटो समयमै सरकारबाट बाहिरिनु परेको हो ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री