सोमबार, २४ वैशाख २०८१

प्रेमीसँग भागेपछि श्रीमानले पुत्ला बनाएर गरे श्रीमतीको अन्तिम संस्कार, छोराले लगाए आगो

समयपोष्ट २०७६ माघ २२ गते १३:२१

Advertisement

भारतमा श्रीमती प्रेमीसँग भाँगेको भन्दै एक जनाले श्रीमतीको पुत्ला बनाएर अन्तिम संस्कार गरेका छन् ।

भारतको बोकारो जिल्लाको तेलो थाना क्षेत्र निवासी राजिव कुमारले हिन्दु रिति–रिवाज अनुसार श्रीमतीको पुत्ला बनाएर उनको विधिपूर्वक अन्तिम संस्कार गरे । उनका छोराले आफ्नी आमाको पुत्लालाई आगो लगाए । राजिवले अब उनका लागि उनकी श्रीमतीको मृत्यु भइसकेको छ । ‘अब मेरो उनीसँग र उनको मेरो परिवारका कोही पनि सदस्यसँग कुनै सम्बन्ध छैन । मेरी श्रीमती दुई सन्तानकी आमा हुँदासमेत गाउँकै एक व्यक्तिसँग जनवरी ४ मा घरबाट भागिन् ।’

श्रीमानको आरोप अनुसार उनकी ३२ वर्षीया श्रीमती आफ्नो प्रेमीसँग भागेकी छिन् । उनी अहिले आफ्ना प्रेमीसँग राँचीमा बसिरहेकी छिन् ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री