शुक्रबार, १४ वैशाख २०८१

नाडा प्रतिनिधि मण्डल र आपुर्ति मन्त्रालयका सचिवबीच छलफल

समयपोष्ट २०७६ माघ २० गते १४:३५

Advertisement

नाडा प्रतिनिधि मण्डलले उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयका सचिव डा बैकुण्ठ अर्यालसंग छलफल गरेको गरेको छ ।

सोमबार नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको ७ सदस्यि नाडा प्रतिनिधि मण्डलले मन्त्रालयका सचिव अर्यालसंग भेटी सवारी साधन पैठारीकर्ताहरुले एजेन्सी बाणिज्य,आपुर्ति तथा उपभोक्ता हित संरक्षण विभागमा समेत दर्ता गर्नु पर्ने विषयमा विस्तृत छलफल गरेको जनाएको छ ।

भेटको क्रममा नाडाका अध्यक्ष दुलालले उक्त विभागमा एजेन्सी दर्ता सम्बन्धमा पुराना विभिन्न ऐनका कारण एजेन्सी नविकरणमा विभिन्न समस्याहरु आईपरेको हुंदा सवारी साधन पैठारी गर्दा अप्ठेरो परे भन्दै सहजिकरण गर्न अनुरोध गरे । उक्त छलफलमा उपाध्यक्ष करण चौधरी, आकाश गोल्छा र केन्द्रीय कार्य समिति सदस्य निराकार श्रेष्ठले त्यसबारे थप स्पष्ट पारे ।

छलफलको क्रममा सचिव अर्यालले यसबारे केही दिन भित्रै नेपाल राष्ट्र बैङ्क, बाणिज्य, आपुर्ति तथा उपभोक्ता हित संरक्षण विभाग, र भन्सार कार्यालयहरुसंग छलफलगरी व्यवसायीहरुको सहजीकरणका लागि निर्णय गरिने बताए ।

छलफलमा नाडाका उपाध्यक्ष करण चौधरी, आकाश गोल्छा महासचिव सुनिल रिजाल र केन्द्रीय कार्य समिति सदस्य अभिक ज्योति, निराकार श्रेष्ठ तथा शुभासिस थपलिया, विभागका निर्देशकहरु समेतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री