मंगलबार, ६ साउन २०८२

ग्रीनलाईफ हाइड्रोले १८ करोडको आइपिओ जारी गर्ने

समयपोष्ट २०७५ माघ १५ गते ११:०६

ग्रीनलाईफ हाइड्रोपावर लिमिटेडले १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता साधारण शेयर जारी गर्ने भएको छ ।

कम्पनीले माघ २२ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि जारी पूँजी एक अर्ब ८० करोडको १० प्रतिशत शेयर जारी गर्न लागको हो।

साधारण शेयरमा दोलखा जिल्लाको आयोजनाबाट प्रभावित क्षेत्र समूह ‘क’ अन्तर्गत गौरीशंकर गाउँपालिका वडा नं ७ मार्बु बासिन्दाहरुलाई पाँच लाख ४० हजार कित्ता (३० प्रतिशत) का लागि आवेदन दिन पाउनेछन् ।

यसैगरि समूह ‘ख’ अन्तर्गत गौरीशंकर गाउँपालिका वडा नं ५ सुरी, ६ चंखु, ८ खारे र ९ नं वडाका बासिनदाका लागि ७ लाख २० हजार (४० प्रतिशत) कित्ता शेयरका लागि आवेदन गर्न सक्नेछन् ।

यस्तै समूह ‘ग’ अन्तर्गत गौरीशंकर गाउँपालिका वडा नं १ र २ जुगु वडा नं ३ र ४ झ्याकु र विगु गाउँपालिका वडा नं ४ लादुकका बासिन्दाका लागि ५ लाख ४० हजार कित्ता शेयर छुट्टाइएको छ ।

तीनवटै समूहका बासिन्दाहरुको यस हाइड्रोपावर कम्पनीको शेयरमा न्यूनतम २० कित्तादेखि अधिकतम ९ हजार कित्तासम्म आवेदन गर्नसक्ने छन् । कम्पनीको शेयर निष्काशक तथा बिक्री प्रबन्धक प्रबन्धक काठमाडौं क्यापिटल रहेको छ ।

स्थानीयहरुले ग्रीनलाईफ हाइड्रोपावर लिमिटेडको आयोजना स्थल, सेञ्चसरी कमर्सियल बैंक सिंगटी र चरिकोट शाखा तथा प्राइम कमर्सियल बैंकको शाखा कार्यालयहरु जिरी र बैतेश्वर शाखा कार्यालय मार्फत आवेदन गर्न सक्नेछन् ।

यस आईपिओमा आयोजना प्रभावित बासिन्दाले निष्काशन सुरु हुने दिन माघ २२ गतेदेखि छिटोमा १५ दिन अर्थात फागुन ७ गतेसम्म र डिलोमा ३५ दिन अर्थात फागुन २७ गतेसम्म आवेदन दिन पाउनेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री