मंगलबार, ६ साउन २०८२

दोहोरो अंकले घट्यो सेयर बजार

समयपोष्ट २०७५ माघ १३ गते १५:०७

सेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसुचक १०.६८ अंकले घटेर ११६२.०९ विन्दुमा झरेको छ । आज सेयर बजारमा १ सय ६४ कम्पनीका ११ लाख कित्ता सेयर ३४ करोड रुपैयाँ बराबरमा किनबेच भएको छ । आज सबैभन्दा बढी माथिल्लो तामाकोशीको सेयर किनबेच भएको छ ।

आज उपसुचकहरु सबै घटेका छन् । आज बाणिज्य बैंक समुह ८.३९,होटल १२.५२,विकास बैंक १०.०३,जलविद्युत १६.४१,फाइनान्स १.८,र्निजिवन बिमा ९३.७५,उत्पादनमुलक समुह २१.६४,अन्य ४.४६,लघुवित्त १२.६९ र जीवन बिमा समुह ६९.९३ अंकले घटेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री