शुक्रबार, २ साउन २०८२

एनआईसी एशियाले जारी गर्यो ४ अर्बको ऋणपत्र

समयपोष्ट २०७५ माघ १३ गते १४:४२

एनआईसी एशिया बैंकले ४ अर्ब रुपैयाँको ऋणपत्र बिक्री खुला गरेको छ ।

बैंकले आजबाट एक हजार रुपैयाँ अंकित दरमा कूल ४० लाख कित्ता ऋणपत्र बिक्री खुला गरेको हो । ऋणपत्रमा आजदेखि छिटोमा माघ १६ गते र साे समयमा आवश्यक आवेदन नपरेमा फागुन सम्म आवेदन गर्न सकिनेछ ।

ऋणपत्र जारी गर्न नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

‘१०% एनआइसी एशिया ऋणपत्र २०८५/८६’ नाम दिइएको १० वर्ष अवधिको उक्त्त ऋणपत्रमा वार्षिक १० प्रतिशत नै ब्याजदर अर्धवार्षिक रुपमा भुक्तानी हुने बैंकले जनाएकाे छ ।

जसमध्ये निष्काशित ऋणपत्र (४० लाख कित्ता ) को ६० प्रतिशत अर्थात २ अर्ब ४० करोडको २४ लाख कित्ता व्यक्तिगत तबरबाट बिक्री गरिने छ भने बाँकी ४० प्रतिशत अर्थात १६ लाख कित्ता सर्वसाधारणमा जारी हुनेछ ।सर्वसाधारणमा निष्काशन हुने ऋणपत्रमध्ये ८० हजार कित्ता सामूहिक लगानी कोषका इकाईलाई छुट्टाइएको छ । १५ लाख २० हजार कित्ता सर्वसाधारणलाई बिक्री हुनेछ ।

लगानीकर्ताले धितोपत्र बोर्डबाट सि आश्वा सदस्यताको अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरु मार्फत ७७ जिल्लाबाटै आवेदन गर्न सक्नेछन् । यसका अलावा मेरो शेयर सफ्टवेयरबाट पनि आवेदन गर्ने सुविधा छ।

ऋणपत्रमा सर्वसाधारण लगानीकर्ताले न्यूनतम २५ कित्ता अर्थात २५ हजार रुपैयाँदेखि अधिकतम २० लाख कित्ता अर्थात दुई अर्ब रुपैयाँसम्मको आवेदन दिने व्यवस्था छ ।

बैंकले निष्काशन गर्ने ऋणपत्रलाई केयर रेटिङ्गस् नेपालले पुस २० गते लो क्रेडिट रिक्स जनाउने ’केयर एनपि ए’ ग्रेडिङ्ग प्रदान गरेको छ । उक्त क्रेडिट रेटिङ्ग प्राप्त संस्थालाई समयमा वित्तीय दायित्व पूरा गर्न सक्ने क्षमता भएको तथा कर्जा जोखिम न्यून रहेको संस्थाको रूपमा लिइन्छ ।

ऋणपत्रमा १० प्रतिशत व्याज प्रस्ताव गरिएकाले यो ऋणपत्र लगानीकर्ताका लागि उत्कृष्ट प्रतिफल सहितको दीर्घकालीन लगानी गर्ने सुवर्ण अवसर हुने बैंकको विश्वास छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री